आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • समाज
  • अपरिचित ब्यक्तिद्धारा बझाङको केदारस्युँमा सुनका गरगहना लुटपाट:खोजीकार्य जारी

अपरिचित ब्यक्तिद्धारा बझाङको केदारस्युँमा सुनका गरगहना लुटपाट:खोजीकार्य जारी

  • आइतवार, चैत्र ६, २०७८
अपरिचित ब्यक्तिद्धारा बझाङको केदारस्युँमा सुनका गरगहना लुटपाट:खोजीकार्य जारी

अर्थ जङ्ग शाही/बझाङ — बझाङमा अपरिचित व्यक्तिहरुले एक महिलाले लगाएका सुनका गरगहना लुटेर भागेको प्रहरीमा उजुरी परेको छ ।

बझाङको केदारस्युँ गाउँपालिका – ५ बगडि घर भएकी २१ बर्षिया रमिला देवी बोहराले लगाएका सुनका गहना शुक्रबार बेलुका ५ बजेतिर घर नजिकै घाँस काट्ने क्रममा लुटेर भागेको भन्ने उजुरी आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो ।

बोहराले लगाएका १ तोला बराबरका सुनका गरगहनाहरु लुटिएको उजुरीमा उल्लेख गरिएको छ । गहना लुटेपछी आफुले नचिनेको र उनिहरु गहना लुछेर भागेको पिडित बोहराले बताउनुभएको छ । घटनाको सुस्म अनुसन्धान गर्नुका साथै संलग्नहरुको तिव्र खोजि कार्य भैरहेको डिएसपी विष्टले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार