धनगढी–डोटीमा कारको ठक्करबाट एक बालक घाइते भएका छन्। डा केआईसिंह राजमार्ग अन्तर्गत जिल्लाको शिखर नगरपालिका-१ मा डडेल्धुराबाट सिलगढीतर्फ जाँदै गरेको बागमती बीएए ९७६४ नम्बरको निजी कारले सोही ठाउँका ९ वर्षीय अनिश कोलीलाई ठक्कर दिएको प्रहरीले बताएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अनिशलाई कारले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको हो। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। कारसहित चालकलाई ईलाका प्रहरी कार्यालय दिपायलले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।