मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • कैलाली कारागारका थुनुवाकाे मृत्यु

कैलाली कारागारका थुनुवाकाे मृत्यु

  • शनिबार, फाल्गुन २१, २०७८
कैलाली कारागारका थुनुवाकाे मृत्यु

धनगढी — लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवककाे मृत्यु भएकाे छ ।

जिल्लाकाे घाेडाघाेडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरकाे मृत्यु भएकाे कैलाली कारागारले जनाएकाे छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालकाे आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरकाे शुक्रबार राति मृत्युु भएकाे बताए ।

उनकाअनुसार थापामगर विगत दुई महिनादेखि फाेक्साे सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार