मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु

घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु

  • शुक्रबार, फाल्गुन २०, २०७८
घरभित्रै निसास्सिएर दैलेखमा आमा-छोराको मृत्यु

दैलेख — दैलेखमा निसास्सिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० वर्षीया हरिकला बादी र १८ वर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

बिहीबार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवैजनाको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरीरको पछाडिको भाग र रमेशको हात जलेको अवस्थामा शव घरभित्रै भेटिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

मुण्डा घर (माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनीहरु घरभित्र बाहिर निस्कन नसकेको हुनसक्ने स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारसहितको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

प्रहरी निरीक्षक सुनारले थप अनुसन्धानका लागि घटनास्थलतर्फ गइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार