• होमपेज
  • समाचार
  • कैलालीमा लेखापालले विद्यालयमै छात्रालाई यौन प्रस्ताव राखेपछि…

कैलालीमा लेखापालले विद्यालयमै छात्रालाई यौन प्रस्ताव राखेपछि…

  • बुधबार, फाल्गुन ११, २०७८
कैलालीमा लेखापालले विद्यालयमै छात्रालाई यौन प्रस्ताव राखेपछि…

धनगढी — कैलालीको एक विद्यालयमा शिक्षक (लेखापाल) ले छात्रालाई यौन प्रस्ताव राखेर दुर्व्यवहार गरेको खुलेको छ। जिल्लाको घोडाघोडी नगरपालिका अन्तरगत राष्ट्रिय माध्यमिक विद्यालयमा यस्तो घटना घटेको खुलेको हो।

उक्त घटनाकी पिडीत र पडिक दुवै प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ। प्रहरीका अनुसार राष्ट्रिय माविमा सहलेखापालको रुपमा कार्यरत सुरेन्द्र चौधरीले सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई प्रलोभनमा पारेर यौन प्रस्ताव राखेका हुन्। उनले पैसाको प्रलोभन देखाएर यस्तो प्रस्ताव राखेको बताइएको छ।

पिडीत छात्राका अनुसार आफु परीक्षा फाराम भर्न विद्यालयको लेखा शाखामा गएको बेला केही रकम अभाव परेको र त्यसको बदलामा सहलेखापाल चौधरीले यस्तो दुर्व्यवहार गरेको बताएकी छन्। पिडीतको जाहेरी नपरेकाले अहिले छलफल मात्रै भैरहेको र जाहेरी आए कारबाही गरिने प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार