• होमपेज
  • समाज
  • प्रकाशकीय : बडिमालिका खवर चाैथाे वर्षमा प्रवेश

प्रकाशकीय : बडिमालिका खवर चाैथाे वर्षमा प्रवेश

बडिमालिका खवर चाैथाे बर्षमा प्रबेश

  • बिहिबार, माघ २७, २०७८
प्रकाशकीय : बडिमालिका खवर चाैथाे वर्षमा प्रवेश

बडिमालिका मिडिया हाउस प्रालीद्धारा संचालित बडिमालिका खवर डट कमले आज तेस्राे बर्ष पार गर्दै चाैथाे बर्षमा प्रबेश गरेको छ । २०७५ माघ २७ देखि औपचारिक रूपमा सञ्चालित समाचार पोर्टल बडिमालिका खवर डट कम, कोरोना कहरकै बीच, आजबाट तेस्राे वर्ष पूरा गरि चाैथाे वर्षमा प्रवेश गरेको छ ।
चाैथाे वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा सम्पूणर् पाठक, श्रोता-दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं । तपाईंहरुको असीम माया र सद्भाव अनि हाम्रो निरन्तरको मिहेनतले यी तिन वर्षमा बडिमालिका खवर डटकम विश्वभर रहेका सबै नेपालीको साझा समाचार पोर्टल बन्न सफल भएको छ ।
नेपाली जनताको दशकौं देखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबद्ध छौं । सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न हामी सदा प्रयत्नशील छौं।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव र सामाजिक कार्यमा सम्वर्द्धनप्रति हामी समर्पित छौं ।
डिजिटल अक्षर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित बडिमालिका खवर डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोस्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपालीका हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि ।
तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । जनमानसमा सामान्यतया के छाप छ भने पत्रकारहरु नराम्रा विषयका, बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएका मात्र समाचार लेख्छन्, राम्रो कामको समाचार नै लेख्दैनन् । तर बडिमालिका खवर डटकमको हकमा भने त्यो आरोप मात्र हो, सत्य होइन । किनभने हामी राम्रो काम गर्ने जो सुकै खोज्ने र उहाँहरुलाइ प्रोत्साहन गर्ने काम पनि बडिमालिका खवरले गर्ने गर्दछ । बाजुरा जस्तो बिकट जिल्लामा संचालन बडिमालिका खवर डट कमले बाजुराका अनाथ अपाङग एकल महिला, टुहुरा बालबालिका र पिछडीएका नागरिकहरु लाई पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै रहेको छ ।
हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, त्यसको सफलता परिणामबाटै सिद्ध गर्न सफल भएका छौं । हामीले यो यात्राको समग्र समीक्षा गर्दै स्पष्ट योजना र नीतिका साथ हामी प्रगतिशील भविष्यतर्फ लम्कने प्रण गर्दछौं ।
तिन वर्षे यात्रा हाम्रो लागि लामो यात्राका लागि अनुभव र सिकाईको पूँजीका रुपमा लिदै चाैथाे बर्षमा प्रबेश गरेका छौ । यो तिन वर्षमा अनलाइन पत्रकारितामा बडिमालिका खवर डट कम सशक्त माध्यमको रूपमा उदाइसकेको छ । तिन वर्षे यात्रा हामीले चुनौतीलाई अवसरमा मात्र बदलेका छैनौं बरु छोटो समयमै प्राप्त गरेको ख्याति भनेकै समस्त पाठकहरुको विश्वास जित्न सफल भएका छौं ।
हाम्रो यो यात्रामा थोरै भएपनि हामीले सामाजिक सेवा समेत गरेका छौ । पछाडी परेका वर्गको सवाल मात्र उठान नभई हामी उनिहरुको घाउमा मलम लगाउने काम गरेका छौ, औषधि अभाबमा जिवनमरणमा रहेकालाई नयाँ जिवन दिन मिडिया हाउसबाट सहयोग गरेका छौ । कोरोनाले बिश्वभरी मिडिया हाउस प्रभाबित रहँदा हाम्रो मिडिया हाउस त्यस बाट अछुतो रहन सकेन्, कोरोनाको बेला सवाल उठान मात्र नभई त्यो समय संकटमा परेका परिवारलाई सहयोग गरेका थियौ ।
तपाईंहरुको विश्वास नै हाम्रो सम्पति हो । हाम्रो सफलताको श्रेय तपाईं पाठकहरुमै जान्छ । अनलाइन पत्रकारिता अब मुलधारमा उदाइसकेको छ । बडिमालिका खवर डट कम अनलाइन समाचारहरुको भीडमा छुट्टै स्थान बनाउन सफल भएको हाम्रो ठम्याइ छ । तिन वर्षे यात्राको फेहरिस्त तपाईंहरु सामु छर्लङ भइसकेको छ । हाम्रो आकार, प्रतिष्ठा र व्यापारले नै यसको मूल्यांकन गर्दछ भन्ने हामीलाई लाग्दछ ।
निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । हामीलाई लाग्छ हाम्रो आफ्नै पहिचान र स्थान बनिसकेको छ । हामी आत्मप्रशंसामा शब्द खर्चदैनौं किनकी हामीले सिक्नुपर्ने पाटाहरु धेरै छन् । हामी हाम्रो सामग्रीहरुमा मात्र थप विविधता ल्याउनेछौं । हाम्रो सफलताको तिन वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने पाठक, शुभेच्छुक, विज्ञापनदाता, पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुको सल्लाह र सुझावलाई आत्मसात गर्दै सिकाइबाट अनुभव प्राप्त गर्दै अघि बढ्नेछौं ।
साथै हामीले यो अघिल्लो बर्षमा राजनितिक उतावचढावका बिच बडिमालिका खवर स्वच्छ र निस्पक्ष रुपमा समाचार संकलनमा कहिल्यै बिचलित भएन । बाजुरा लगायत देशभरका मिडियाहरु बिषेश गरि बाजुरामा रहेका संचार माध्यामहरुलाई बिभिन्न राजनितीक दलको ट्याग लागेका भए पनि बडिमालिका खवरले भने त्यो राजनितिक ट्याग लाग्नबाट टाढै रहेको सम्पुणर् पाठक बिज्ञापनदाताहरु लगायत आम जनमानसमा अवगत गराउन चाहान्छौ ।
पत्रकारीताका माध्यामबाट बाजुरामा भएका सामान्य र जटिल दुबै कुरालाई हामी आत्मसाथ गर्दै अघि बढ्दै गरेका छौ । सोही क्रममा समाचार लेखेकै भरमा यो अघिल्लो बर्षमा बडिमालिका मिडिया हाउसमै आएर झम्टीन समेत केही ब्यक्तीहरु आएको धेरैलाई थाहा छ । त्यो सगै समाचार लेखैकै भरमा यो एक बर्षमा बडिमालिका खवरका बिरुद्ध ५ ओटा बिज्ञप्ती  प्रकाशन गरिएका थिए तर हामी ति बिज्ञप्तीबाट कहिल्यै बिचलित भएनाै र हुने छैनाै । सम्रगमा बाजुरामा भए गरेका सामान्य देखी जटिल सवाल उठाउन सहयोग गर्नुहुने सम्पुणर्मा हार्दिक नमन ।

चर्चामा

सम्बन्धित समाचार