• होमपेज
  • समाज
  • हिमँपातले मार्तडी कोल्टि सडक अबरोध

हिमँपातले मार्तडी कोल्टि सडक अबरोध

  • शुक्रबार, माघ २१, २०७८
हिमँपातले मार्तडी कोल्टि सडक अबरोध

बाजुरा–लगातारको हिमँपातले मार्तडी कोल्टि सडक अबरोध भएको छ । बिहिवार राति देखी परेको हिमँपातले सडक अबरोध भएको हो । बाजुरामा तेस्रो पटक हिमँपात भएको हो ।
बिहिवार राति देखि परेको हिमँपातले शुदुरपश्चिम प्रदेश, कणर्ाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाउँ सम्पर्क बिच्छेद बनेका छन् ।
चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, मुगुको सदरमुकाम गमगढी, बझाङ्गको सदरमुकाम चैनपुर, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजिवन प्रभाबित भएको छ । अत्याधिक चिसोले दैनिक कामकाजमा समस्या भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् । दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । त्यस्तै धनगढी बाट हुने उडान पनि बन्द भएका छन् । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुने नसकेको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ ।
त्यस्तै हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक खण्ड दुई देखी बन्द भएको बुढिन्नदा नरपालिका ९ का दाबा गुरुङ्गले वताएका छन् । स्थल र हवाइ मार्ग सबै बन्द रहेको उनले वताए ।
बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार बिहिन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहिन बनेका टेलिकम बाजुराले जनाएको छ । उत्तरी क्षेत्रका ४ स्थानिय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिधुत पावर नहुदा टावर सञ्चालन आउन नसकेको टेलिकम बाजुराले जनाएको छ । ति क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानिय तहको काम काज प्रभाबित भएको छ ।
चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कणर्ालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार