• होमपेज
  • समाज
  • हिमँपातले सुत्केरीलाई कष्टकर

हिमँपातले सुत्केरीलाई कष्टकर

  • आइतवार, माघ १६, २०७८
हिमँपातले सुत्केरीलाई कष्टकर

बाजुरा–बुढीनन्दा नगरपालिका ९ बस्ने पेमा गुरुङ्ग सुत्केरी भएको ९ दिन भयो । उनि सुत्केरी भएको समय देखी लगायतार हिमँपात भइरहेको छ । हिमँपात सँगै चिसो बढेपछि नवजात छोरी र उनलाई सकस भएको छ ।
पेमा भन्छन्, दैनिक नुहाउनु पर्छ चिसो पानि अर्को सुत्केरी भएपछि अलगै राख्ने गरेका छन्, चिसोले बच्चा र आफुलाई सञ्चो नभएको वताईन् । त्यस्तै हिमाली गाँउपालिका ५ धिम गाँउकी मनकला रोकाया बच्चा पाएको १२ दिन भयो । उनी र उनको नवजात छोरा १ महिना सम्म गोरु गोठमा बस्ने गरेका छन् । हिमँपातले असाध्यै चिसो छ, गोरु गोठमा बस्नु पर्दा छोरा र आफु बिरामी भएको वताईन् । गाँउमा अन्य महिलालाई पनि एक महिना सम्म सुत्केरी भएको समय गोरु गोठमा राख्ने गरेको छन्, चिसोले निकै समस्या भएको रजकलाले वताईन् ।
बाजुराको पुर्वोत्तरका चार स्थानिय तह हुम्ला र मुगुका अधिकांश महिलालाई सुत्केरी भएको समयमा १ महिना सम्म गोरु गोठमा राख्ने गरेका छन् । स्वामीकार्तिक गाँउपालिका सुचना अधिकारी कुबेर शाहिले भने छाउपडि भन्दा सुत्केरी भएको बेला छुवाछुत मान्ने प्रचलन रहेको बताउछँन् । एक महिना सम्म चिसो गोरु गोठमा राख्ने गरेको वताँउछन्, यो बर्ष डेढ महिना देखीको हिमँपातले सुत्केरीलाई निकै कष्टकर भएको वताएका छन् ।
देशभरी छाउगोठको चर्चा चलेको छ हाम्रो तिर त्यो भन्दा पनि सुत्केरीलाई गोरु गोठ राख्ने नियम कडा रहेको हिमाली गाँउपालिकाको रुगिन स्वास्थ्य चौकीमा कार्यरत अनमि प्रेमकला मल्लले वताईन् । १ महिना सम्म गोठमा बस्नुपर्ने हुन्छ, चिसोले बिरामी मात्र नभई नवजात शिशुको ज्यान गोठमै जाने गरेको मल्लले वताईन् । हिमँपातले उच्च भागका सुत्केरीलाई निकै कष्ट भएको उनले वताईन् । गोठमा बस्नु हुन्न भनेपनि मान्ने नगरेको स्वास्थ्यकर्मी बताँउछन् ।
लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कणर्ाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेको छन् । बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार