• होमपेज
  • समाज
  • ठेकेदारको लार्पवाहीले मार्तडी कोल्टी सड्कमा गाडि तान्दै

ठेकेदारको लार्पवाहीले मार्तडी कोल्टी सड्कमा गाडि तान्दै

  • बुधबार, मंसिर २९, २०७८
ठेकेदारको लार्पवाहीले मार्तडी कोल्टी सड्कमा गाडि तान्दै

लक्ष्मीराज पाध्याय–मार्तडी कोल्टी सडक खण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीले सामान्य काम पनि नगर्दा गाडी तानेर यातायात सञ्चालन गर्नु परेको छ । मार्तडी देखी कोल्टी सम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरि प्रदेश र संघ सरकार बाट बिनियोजन भएको थियो ।
मार्तडी देखी कोल्टी सम्म तिन खण्डमा पुर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेको थियो । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र चुथि देखी कोल्टीचौर सम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।
अन्य सडक खण्डमा काम शुरु भइरहेको भएपनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदारको लार्पवाहीले काम हुन सकेको छैन् । सो सडक खण्डमा ट्याक्टर जीप लगायतका यातायात सामाग्रि तानेर सञ्चालन गर्नुपरेको ट्याक्टर चालकले वताएका छन् । पटक पटक सडक सुधारका लागि हारगुहार गरेपनि कतै बाट पनि वास्ता नभएको स्थानिय शंकर रोकायाले वताएका छन् ।
सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अबस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने चुथि देखी ढम्कने सम्मको सडकको एक दुई ठाँउमा गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको वताए । चुथि देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्यामा भएको छ ।
आयोजना कार्यालय साफेँबगरका प्रमुख रुद्र बोगटीले भने ठेकेदार कम्पनीको म्याद असारमा सकिएको थियो । कोरोनाको कारण भनेर आउदो असार सम्म म्याद थपेको बताए । गएको असार सम्म ५ किलोमिटर कालोपत्रे गरिसक्नुपर्ने हो, तर कोरोनाको कारणले १ बर्ष म्याद थपिएको छ । कालोपत्रे गर्नुको साटो सामान्य यातायात सम्म सडक नबन्दा सास्ति भोग्नू परेको छ । ट्याक्टरको अगाडिको भागले तानेर पालै पालो गाडिहरु तान्ने गरेको जिव सञ्चालकले वताएका छन् ।
कार्यलय प्रमुख बोगटीले भने पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको उनले बताए । दुई पटक चिठी पठाईसकेका छौ, तर पनी काम गर्न आलटाल गरिरहेको उनले थपे । अहिले उक्त ठेकेदार सम्पर्कमा नआएको बताएका छन । बाँनिया इश्वशेर जेवि कम्पनीका ऋषि बाँनियाले भने बाजुरकाकै यज्ञ शाहिलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको वताए । उसलाइ पटक पटक भनिरहेका छौ, अब उसले काम गर्न नसके अर्कोलाई जिम्मा दिएर चाडै निर्माण कार्य शुरु गर्ने बाँनियाले वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई भनिरहेका छौ, तर वेवास्ता गरेको वताए । मार्तडी कोल्टि सड्क खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । शुदुरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको सडक हो ।
बिगतमा ४० किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी-कोल्टि सड्क निर्माण भएको २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन् । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको थियो ।

चर्चामा

सम्बन्धित समाचार