• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • काँग्रेस नेता बद्रि पाण्डेले दिए सहमहामन्त्रिमा उम्मेद्धवारी

काँग्रेस नेता बद्रि पाण्डेले दिए सहमहामन्त्रिमा उम्मेद्धवारी

  • शनिबार, मंसिर २५, २०७८
काँग्रेस नेता बद्रि पाण्डेले दिए सहमहामन्त्रिमा उम्मेद्धवारी

बाजुरा–नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेदा बद्रि पाण्डेले नेपाली काँग्रेसको जारी महाधिबेशनमा सहमहामन्त्रिमा उम्मेद्धवारी दिएका छन् । पाण्डेयले शेखर कोइराला प्यानलबाट पिछडएिको क्षेत्र बाट उम्मेदवारी दिएका हुन् ।
पाण्डेले सहमहामान्त्रिको उम्मेद्धवारीको तयारीमा निकै लामो समय देखी जुटेका थिए । पिछडिएको क्षेत्रमा उनि सँग देउवा प्यानल बाट जिवन बहादुर शाहिले उम्मेद्धवारी दिएका छन् । पाण्डेको जन्मभुमि बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा हो । पाण्डेको राजनीतिक यात्रा २०४३ सालमा नेपाल विद्यार्थी संघ आबद्ध भई हालसम्म नेपाली कांग्रेस पार्टीमा सक्रिय जिम्मेवारी रहदै आएका छन् । पाण्डे स्पष्ट बक्ता, निडर, साहसी नेताका रुपमा परिचित हुदै आएका छन् । पाण्डेको जसरी केन्द्रमा आफ्नो छाप बनाएका थिए, त्यसरी नै उनले बाजुरामा आफ्नो छाप बनाएर बाजुरा काँग्रेसको नेतृत्वनै परिवर्तन गराएका छन् ।
नेपाली काँग्रेस बाजुरामा देउवा पक्षको बिरासत भत्काउने मुख्य कमाउन्डर नै पाण्डे रहेका थिए । उनलाई जनक राज गिरी, मान बहादुर रावलले शुरु देखी दोस्रो चरणमा चक्र शाह लगायत नेताहरु साथ दिएपनि नेतृत्व पाण्डेले गरेका थिए । पाण्डेलाइ कालो झन्डा देखाउन लगाउने योजनाकारलाई सातौ जिल्ला अधिबेशनमा सभापति सहित ८० प्रतिशत कार्यसमितिमा आफ्नो पक्षमा विजयी गराएपछि गतिलो झापड लगाएका थिए ।
लामो समय सम्म देबराज जोशी अर्थात देउवा पक्षको विरासत रहेको बाजुरा काँग्रेसमा सातौ जिल्ला अधिबेशन बाट भने देउवा पक्षको विरासत भत्किएको छ । अघिल्लो अधिबेशनमा कबिराज पण्डित विजयी भएर देउवा पक्षको जिल्लामा हालीमुहाली बनेको थियो । बाजुराले सबै तिर बाट रिपोटिङ्ग गर्दा होस वा प्रचारप्रसारमा देउवा पक्षको गणको रुपमा रहदै आएको मानिन्थ्यो ।

चर्चामा

सम्बन्धित समाचार