बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेपाली काग्रेस बाजुराको मतदान सुरु

नेपाली काग्रेस बाजुराको मतदान सुरु

  • मङ्लबार, अशोज १९, २०७८
नेपाली काग्रेस बाजुराको मतदान सुरु

बाजुराः नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतदान सूरु भएको छ । मंगलबार बिहानबाट मतदान सूरु भएको नेपाली काँग्रेस निर्वाचन कार्यालय बाजुराले जनाएको छ।
असोज १६ गते बाट काँग्रेस बाजुराको अधिवेशन सुरु भएको थियो । काँग्रेस बाजुरामा सहमतीको आधारमा नेतृत्व चयन गर्न नसकिएपछी निर्वाचन प्रक्रियाबाट मतदान सूरु भएको नेपाली काग्रेस मतदान अधिकृतले बताए ।
निर्वांचनमा देउवा पक्षबाट कविराज पण्डित सभापती सहितको टिम छ भने पौडेल सिटौला पक्षबाट रामसिंह रावल सहितको टिम रहेको छ । त्यस्तै मध्यमार्गीबाट चक्र बहादुर शाहाको टिम रहेको छ ।
नेपाली काग्रेस बाजुराको अधिबेशनमा सभापतीमा ३ जना, उप सभापतीमा ३ जना सचिव ५ जना, सह सचिवमा ७ जना जिल्ला कार्य समितिमा १९ जना जनजाती कोटामा ३ जना, दलितबाट ५ जना अपाङ्ग अल्पसख्यमा ४ जना, बडिमालिका नगरपालिका ५ जना, बुढिगंगा नगरपालिका ७ जना, त्रिबेणी नगरपालिकाबाट ६ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ५ जना, स्वामिकार्तिक खापर गाउँपालिकाबाट ८ जना, जगन्नाथ गाउँपालिकाबाट ३ जना रहेको छन ।
त्यसै गरी महाधिबेशन प्रतिनिधी महिलाबाट ७ जना र पुरुस खुलामा २२ जना रहेका छन । खस आर्य महिलामा ६ जना र पुरुष खुलामा १० जना उम्मेद्धार रहेका छन भने । समाबेशी ४ जना दलित महिला २ जना, दलित ३ जना रहेका छन । मधेशी लगायत का कोटामा ७ जना बिच प्रतिस्पर्धा हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार