• होमपेज
  • बाजुरा बिशेष
  • साफेँ मार्तडी बन्द सडक ४ महिनापछि सुचारु

साफेँ मार्तडी बन्द सडक ४ महिनापछि सुचारु

  • बुधबार, अशोज १३, २०७८
साफेँ मार्तडी बन्द सडक ४ महिनापछि सुचारु

बाजुरा — बाजुराको मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडकको बल्देमा गएको पहिरो हटाए संगै संचालनमा आएको छ । पहिरो खसेर जेठको अन्तीम सातादेखि अवरुद्ध साफेँ मार्तडी सडक खण्डको बल्दे देखी दवारी सम्मको सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।
बर्षाको समयमा पहिरो गई जेठको अन्तीम साताबाट अबरुद्ध सडक एक साता अघि देखी मर्मत गरी १२ गते साझँ देखी संचालनमा आएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए
बल्दे देखी करिव ५ किलोमिटर पहिरो खसेर अवरुद्ध सडक खोल्न जिल्ला प्रशासन कार्यालय बाजुराले पटक पटक पहल गरे पनि बर्षाका कारण पहिरो बगिरहेका कारण सडक संचालन संचालनमा समस्या भएको र बर्षाको समय सकिए संगै सडक खुलाउन दुबै तिरबाट डोजर लगाएर बाटो खोलेर सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारीले बताए ।
पहिरोको कारण अवरुद्ध रहेको साफेँ मार्तडी सडकको बल्दे द्वारी सडक खण्ड संचालनमा आए संगै बाजुरा सदरमुकाम मार्तडी सम्मको आवत जावतमा समेत सहज हुने भएको छ ।  अझै पनि ठाँउ ठाँउमा सडक माथिबाट लेदो बग्ने क्रम रहिरहेकोले सहज अवस्था भने हुन नसकेको प्रजिअ अधिकारीले बताए ।
सडक डिभिजनलाई अझै केहिदिन पहिरो स्थलमै उपकरण तथा जनशक्ती राखिराख्न निर्देशन दिएको छ सडक सुचारू हुना साथ इन्धन ढुवानी सम्भव हुने र कोल्टी मार्तडी सडकको पहिरो हटाउन सहज हुने भएको प्रजिअ अधिकारीले बताए । खाध्यान्न लगायतका अत्यावश्यक सामाग्री आपूर्ती हुनुका साथै चाडपर्वको मुखमा मूल्यबृधी नियन्त्रण गर्न सघाउ पुग्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार