• होमपेज
  • राजनीति
  • काँग्रेस बाजुरा : प्रदेश (क) मा पौडेल-सिटौला पक्ष बलियो, प्रदेश (ख) मा देउवा पक्ष बलियो

काँग्रेस बाजुरा : प्रदेश (क) मा पौडेल-सिटौला पक्ष बलियो, प्रदेश (ख) मा देउवा पक्ष बलियो

  • सोमवार, अशोज ११, २०७८
काँग्रेस बाजुरा : प्रदेश (क) मा पौडेल-सिटौला पक्ष बलियो, प्रदेश (ख) मा देउवा पक्ष बलियो

बाजुरा — नेपाली काँग्रेस बाजुराको अधिबेशन चलिरहँदा कसको बाहुल्यता कति छ भन्ने बिश्लेषण तथा छलफल शुरु भइरहेका छन् । बाजुरा जिल्लामा ६९ वडा बाट ११ सय ९६ जना क्षेत्रिय प्रतिनिधि छनोट भइसकेका छन् । यो समचार तयार पार्दा सबै बडिमालिका नगरपालिका लगायत सबै पालिमा पालिका अधिबेशन सम्पन्न भइसकेका छन् ।
बडिमालिका नगरपालिकामा सहमतिको प्रयासका लागि भन्दै अधिबेशन सर्दै आएको छ । मंगलवार अर्थात १२ गते बाजुराको प्रदेश (क) र (ख) को अधिबेशन शुरु हुन लागेको छ । बडिमालिका खबरले प्रत्येक वडा वाट कस पक्षको प्रतिनिधि कति जना आएको भन्ने खोज अनुसन्धान गरेको छ । जिल्ला तहको केही नेतृत्व तहले गुट परिवर्तन गर्ने सम्भाबना रहेका बडिमालिका खबरले निकालेको बिश्लेषण फरक पर्न सक्छ ।
अहिले अबस्था हेर्दा जिल्ला भरीमा तथ्याङ्क हेर्दा ५३.०९ प्रतिशत देउवा पक्ष र पौडेल देउवा पक्षमा ४६.९० प्रतिशत संख्या क्षेत्रिय प्रतिनिधि आएको पाइएको छ । प्रदेश क मा आफ्नो बलियो पक्कड बनाएका बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले कबिराज पण्डितलाई साथ दिने आन्तरीक सहमति भएपछि जिल्ला भरीको तथ्याङ्क केलाउदा देउवा पक्ष बलियो रहेको पाईन्छ । अर्को पाटि सभापतिको उम्मेद्धवारमा पनि निर्भर देखिने पाईन्छ । गिरीले देउवा पक्षलाई साथ नदिएमा भने पौडेल, सिटौला पक्ष बलियो देखिने गरेको छ ।
मंगलवार बाट हुने प्रदेश क र ख को चुनावमा प्रदेश सभापतिका लागि सिटौला र पौडेल एक भएर जाने देखिन्छ । यस्तो हुदा प्रदेश कमा पौडेल सिटौला पक्ष बलियो र प्रदेश ख मा देउवा पक्ष बलियो भएको देखिन्छ । प्रदेश क मा चारवटा स्थानिय तहमा ४ सय ७९ प्रतिनिधि रहेका छन् । जसमा सिटौला पौडेल पक्षमा ६७.०१ प्रतिशत र देउवा पक्षमा ३२.९८ प्रतिशत प्रतिनिधि आएको देखिन्छ । प्रदेश क मा रहेको नेता पदम गिरीले देउवा पक्षमा साथ दिएमा उक्त क्षेत्रमा ३२.९८ प्रतिशत प्रतिनिधि संख्या देखीएको हो । प्रदेश क को चुनावमा बद्रि पाण्डे, जनक गिरी, पदम गिरी एकमत भएर जाने देखिन्छ ।
प्रदेश क मा बद्रि पाण्डे, जनकराज गिरीको राम्रो पक्कड भएकाले सिटौला र देउवा पक्ष बलियो रहेको छ । प्रदेश ख मा ५ स्थानिय बाट ७ सय १७ जना प्रतिनिधि रहेका छन् । प्रदेश ख मा देउवा ६६.५२ प्रतिशत र देउवा पौडेल पक्षमा ३३.४६ प्रतिशत क्षेत्रिय प्रतिनिधि आएको पाइएको छ । तर जिल्ला नेतृत्व तहका केही नेताले गुट परिवर्तन गरेमा थोरै फरक पर्ने देखिन्छ । देउवा पक्षको सबै भन्दा राम्रो बुढिगंगा नगरपालिका रहेको छ भने पौडेल, सिटौला पक्षको हिमाली गाउँपालिका रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार