• होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको शनिबार बस्ने भनिएको बैठक आईतबार सारियो

नेकपा एमाले बाजुराको शनिबार बस्ने भनिएको बैठक आईतबार सारियो

  • शनिबार, भदौ ५, २०७८
नेकपा एमाले बाजुराको शनिबार बस्ने भनिएको बैठक आईतबार सारियो

बाजुरा– नेपाल कम्यनिष्ट पार्टी नेकपा एमाले बाजुरा जिल्ला कमिटीको शनिबार बस्ने भनिएको बैठक आईतबारको लागि सारीएको छ ।
नेकपा बिभाजन पछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमालेको बैठकको आयोजना गरिएको नेपका एमालेले जानकारी दिएको छ ।
बैठकका लागि नेकपा एमालेका पोलिट ब्यूरो सदस्य तथा सुदुरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापा नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधि साभा सदस्य लालबहादुर थापा नेकपा एमालेका सचिब तथा प्रदेश –क) का प्रदेश सभा सदस्य बल्देब रेग्मी जिल्ला अध्यक्ष कालीबहादुर शाही लगाएतका नेताहरु जिल्लामा पुगि सकेका छन् ।
भौगोलीक कठीनाईका कारण केही जिल्ला कमिटी सदस्यहरु ढिलो गरी पुग्ने भएकोले सनीबार राखिएको बैठक आईतबार बस्ने गरी सारिएको नेकपा एमालेले जानकारी दिएको छ ।
बैठकका केही एजेन्डाहरुको बिषयमा पनि केन्द्रिय र जिल्लाका नेताहरुको छलफल हुन बाकी रहेकोले छलफल भईरहेको छ । ढिलो गरि नेताहरु मार्तडी पुगेका कारण आज बैठक बस्न नसकेको स्रोतले जानकारी दिएको छ ।
नेताहरु छलफलमा हुनुहुन्छ आजै छलफल सकीन्छ सबै जिल्ला कमिटी सदस्यहरु पनि पुग्छन । आईतबार बिहान ८ बजेबाट बैठक सुरु हुने बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार