• होमपेज
  • समाज
  • अछामको चौरपाटि गाउँपालिकामा एक घर एक धारा अभियान

अछामको चौरपाटि गाउँपालिकामा एक घर एक धारा अभियान

१८ सय घरमा धारा जोडेर पानि सञ्चालन

  • बिहिबार, भदौ ३, २०७८
अछामको चौरपाटि गाउँपालिकामा एक घर एक धारा अभियान

अछाम–अछामको चौरपाटि गाउँपालिकाले एक घर एक धारा अभियान सञ्चालन गरिरहेको छ । ७ वटा वडा रहेको गाउँपालिकामा धेरै गाउँ खानेपानिको चरम अभाब झल्ने भएपछि गाउँपालिकाले प्रत्येक घरमा धारा निर्माण गरेर खानेपानिको पहुँच पुयाउने अभियान गरिरहेको छ ।
गाउँपालिका भरीमा ५२ सय परिवार रहेका छन् । ति मध्ये १८ सय घरमा धारा निर्माण गरेर खानेपानिको पहुँच पुयाइसकेको गाउँपालिका अध्यक्ष हर्क साउदले वताएका छन् । गाउँपालिका भरी खानेपानीको चरम संकट हुदै आएको थियो, पहिलो प्राथमिकता खानेपानीको पहुँच पुयाउने लक्ष्य अनुसार प्रत्येक घरमा खानेपानि पुयाउने साथ गाउँपालिका अघि बढेको अध्यक्ष साउदले वताए ।
गाउँपालिकाको वडा नम्बर ७ मार्कुमा सबै घरमा खानेपानिका धारा निर्माण गरेर खानेपानिको पहुँचमा पुुगिसकेका वडा अध्यक्ष गणेश बोगटिले वताएका छन् । घर सँगै बिद्यालय, स्वास्थ्य चौकीमा समेत खानेपानिको पहुँच पुुयाइसकेको वताए । धारा नभएको कुनै पनि घर नरहेको वडा अध्यक्षले वताए ।
वडामा ५० प्रतिशत बासिन्दामा मात्र खानेपानिको पहुँचमा पुुगेका थिए, अहिले एक घर एक धारा निर्माण भएपछि शतप्रतिशत बासिन्दा खानेपानिको पहुँचमा पुगेको वडा नम्बर ७ ले जनाएको छ । खानेपानिको चरम संकट खेप्दै आएका थियौ, गाउँपालिकाले घरमै धारा निर्माण गरेर खानेपानि सञ्चालनमा ल्याएपछि खुशी भएको वडा नम्बर ७ मार्कुका शंकर बहादुर बोगटिले वताएका छन् ।
एक घर एक धारा निर्माण अभियान गाउँपालिका र केही वडामा ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले सहयोग गरिरहेको छ । ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले गाउँपालिका ८ सय घरमा एक घर एक धारा निर्माण गर्न सहयोग गरेको जलस्रोत सल्लाहाकार कणर् केसीले वताएका छन् । ८ सय घरमा ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले सहयोग गरेको हो, भने बाकि भने गाउँपालिका निर्माण गरिरहेको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक धारामा मिटर जडान गरिएको छ । मिटरमा बिल आए अनुसार उपभोक्ताले खानेपानिको बिल तिनुपर्ने ब्यबस्थापन गर्न लागेको गाउँपालिकाले जनाएको छ । अहिले हामीले मिटर कार्यनवयनमा ल्याएका छैनौ, गाउँपालिका सबै घरमा पानिको पहुँच पुयाएपछि मिटर अनुसार बिल तिर्न बनाउन लागेको अध्यक्ष हर्क साउदले वताए ।
नेकपा एमालेका युवा नेता भरत शाहले भने चौरपाटि गाउँपालिकामा खानेपानिको निकै समस्या भोगिररहेको थियो, अहिले एक घर एक धारा अभियानले धेरै बासिन्दा खानेपानिको पहुँचमा पुगेको बताए, यसले गाउँपालिका जनताप्रति उत्तरदायित्व भएको शाहले वताए ।
चौरपाटि गाउँपालिका धेरै गाउँ बिगतमा सधै खानेपानिको संकट भोगिरहने गरेका थिए । वडा नम्बर १ सिउडि गाउँका बासिन्दा खानेपानि अभाबले कुवाको पानि खानेगरेका थिए । ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना र गाउँपालिकाले घरघरमै धारा निर्माण गरेपछि अहिले सहज रुपमा खानेपानिको पहुँचमा पुुगेको स्थानिय रण बहादुर शाहले वताएका छन । पुर्खौदेखी कुवाको पानि खाने गरेका थियौ, कुवामा पनि सहज रुपमा खानेपानि उपलब्ध हुदैन् थियो, अहिले भने घरमै धारा निर्माण भएर खानेपानि खाने पाएको उमेरले ७० कटेकी रामकला आउजीले वताएकि छन् ।

चर्चामा

सम्बन्धित समाचार