शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • बझाङ र दार्चुलाका सुर्मा देवीकाे मन्दिरमा अष्टमी पूजा गरियो

बझाङ र दार्चुलाका सुर्मा देवीकाे मन्दिरमा अष्टमी पूजा गरियो

  • सोमवार, साउन ३२, २०७८
बझाङ र दार्चुलाका सुर्मा देवीकाे मन्दिरमा  अष्टमी पूजा गरियो

शिवजी मण्डेल/ बझाङ — बझाङ र दार्चुलाका सुर्मा देवी मन्दिरमा आज अष्टमी पूजा आराधना गरिएको छ । भगवती माता सुर्मा देवी बझाङ र दार्चुलाका आलिपालिका भक्तजाहरूले आज सुर्मा देवी मन्दिरमा गई सुर्मा देवी भगवती माताको पूजाआजा गर्नु भएको हो ।
सुर्मा देवी आलिपालिका आज सबै करिया भक्तजनहरू बिहानै उठेर पानीका धारामा गई स्नान गर्ने त्यसपछि गाउँका सबै दैपाण भनपने देउघरमा जम्मा हुने र त्यसपछि देउघरबाट पूजाआजाको सामाग्री र ढाँका नाच सहित सुर्मा देवीको मन्दिरमा जम्मा हुने गरेको छबिस पाथिभेरा गाउँपालिका ७ घट्टेका शिक्षक तथा समाजसेवी रामचन्द्र मण्डेल बताए ।

श्रावण महिनाको औंसीबाट सुरु भएको सुर्मा देवी बिरिजात मेला आज आठ बाँधाका दिन अष्टमी पूजा गरिएको छबिस पाथिभेरा गाउँपालिका ७ का सुर्मा देवीका पुजारी हाँसे मण्डेलले बताउनुभयो । यसरी सुर्मा देवीको लगातार पूजाआराधना गर्दा मनले चिताएको इच्छा पूरा हुने गरेको पनि अर्को स्थानीय सुरेश मण्डेलको भनाइ रहेको थियोे ।

हरेक वर्ष बझाङ र दार्चुलामा लाग्ने सुर्मा देवी बिरिजात मेला यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु भएको हो। सुर्मा देवी बिरीजात मेला १५ दिन सम्म लाग्ने गर्दछ ।
बिरीजात मेला बाँधा सुरुभएयता सुर्मा देवी रिसाउँछन् भनेर माछा मासु लसुन अण्डा जुता चप्पलमा बाँधा मानिने गरेको पत्रकार सुनिल मण्डेलले बताए ।

चर्चामा

सम्बन्धित समाचार