बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको पौरखी संचार सहकारीद्धारा संचालीत रेडियो पौरखीका कर्मचारीहरुले तलव नपाएको भन्दै तालाबन्दी गरेका छन । बर्ष भरी सात महिनाको तलव खाएर १२ महिनाको तलवमा हस्ताक्षेर गराएको भन्दै तालाबन्दी गरेका हुन ।
सात महिनाको तलव खाउ बाँकी पैशा छैन यसलाई बाह्र महिनाको तलव मान्नु भन्ने संचालक समितिले निणर्य गरेको र पाँच महिनाको तलव काटीदिएको भन्दै रेडियोका कर्मचारीहरुले शनिबारदेखी ताला लगाएको रेडियोका एक कर्मचारीले बताए ।
यता संचालक समितिले जती पैशा कमाउछौ आफै खाउ भनेर निणर्य समेत गरिदिएको हो र कमाउन सकेनन घरबाट दिने कुरो रहेन संचालक समितिका अध्यक्ष रामचन्द्र यादवले बताएका छन । कमाउन पनि नसक्ने अनि संस्था प्रति उल्टै आरोप लगाउने गरेको अध्यक्ष यादवको भनाई रहेको छ । पैशा उठाउन सके सबै खर्च गर भनेर निणर्य पनि त गरिदिएकै हो यादवको भनाई रहेको छ । रेडियोको आर्थिक जिम्मा सबै रेडियोलाई नै दिएकोले संचालक समितिको कुनै दोस नरहेको अध्यक्ष यादव बडिमालिका खवर संगको टेलिफोन सम्पर्कमा बताएका छन ।
यता कर्मचारीहरुलाई सात महिनाको तलव पुग्यो बाकी पछिल्लो बर्ष दिने गरी निणर्य गराउन खाेज्दा पनि संचालक समितिले अटेर गरेपछि कर्मचारी काममा नजादा रेडीयाे बन्द हुन पुगेकाे स्टेशन म्यानेजर बसन्त बिकले बताएका छन । यता रेडियोका कर्मचारीहरुले जबसम्म आफ्नो माग पुरा हुदैन तवसम्म रेडियोमा लगाएको ताला नखोल्ने बताएका छन ।