• होमपेज
  • बाजुरा बिशेष
  • भिरबाट खसेको ढुंगा लागेर गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते

भिरबाट खसेको ढुंगा लागेर गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते

  • शुक्रबार, साउन २२, २०७८
भिरबाट खसेको ढुंगा लागेर गाउँपालिका वडा अध्यक्ष गम्भिर घाइते

 बाजुरा — हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरबाट खसेको ढुंगा लागेर घाइते भएका छन् । हिमाली गाउँपालिका वडा.न.४का अध्यक्ष रमेश विक निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन जादै गर्दा बाटोमा हिँडिरहेको बेला एक्कासी माथिबाट खसेको ढुंगा लागेर अध्यक्षलाई गम्भिर चोट लागेको पाण्डेले बताएका छन ।
भिरबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष विकको टाउको र छातिमा गम्भिर चोट लागेको आफन्तले बताएका छन । अध्यक्ष विकको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार सम्भव नभएर रिफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र बाजुराले जनाएको छ । अध्यक्ष विकलाइ अहिले कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार