• होमपेज
  • समाचार
  • थलारा गाउँपालिकाका तराटी र सडिललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा

थलारा गाउँपालिकाका तराटी र सडिललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा

  • बुधबार, साउन २०, २०७८
थलारा गाउँपालिकाका तराटी र सडिललाई पूर्ण सरसफाइयुक्त टोल घोषणा

शिवजी मण्डेल — बझाङको थलारा गाउँपालिका वडा नम्बर ६ स्थित चिप्लेटी र घोडेमेला खानेपानी तथा सरसफाइ योजना अन्तरगत सडिल र तराटीलाई पूर्ण सरसफाइ युक्त क्षेत्र घोषण गरिएको छ ।
पूर्ण सरसफाइ युक्त गाउँघर हाम्रो सान व्यक्ति परिवार टोल वासीको पहिचान भन्ने मुलनाराका साथ साउन १९ गते मंगलबार थलारा गाउँपालिका ग्रामीण जलस्रोतको सहयोगमा ती क्षेत्रलाई पूर्ण सरसफाइ युक्त टोल घोषणा गरिएको हो ।

चिप्लेटी खानेपानी तथा सरसफाइ योजना अन्तरगत ३८ घरधुरीमा ३८ निजिधारा र घोडेमेला खानेपानी तथा सरसफाइ योजना अन्तरगत तराटीका ११ घरधुरीमा ११ वटा निजिधारा निर्माण गरिएका छन् । घर आगन सफा प्रत्येक घरघरमा चर्पी लगाएत सरसफाइका १० वटा सुचांक पारगरेकाले ती क्षेत्रलाई पूर्ण सरसफाइ युक्त टोल घोषणा गरिएको थलारा गाउँपालिका ग्रामीण जलस्रोत अधिकृत छत्रराज जोशीले जानकारी दिए ।

ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा यस अघि २०७५ चैत २४ गते वडा नम्बर ६ कै सेरालागाउँ टोललाई थलारा गाउँपालिकाले पूर्ण सरसफाइ युक्त टोल घोषणा गरेको थियो । थलारा गाउँपालिकाले २०८० सम्म थलारा गाउँपालिका लाई नै पूर्ण सरसफाइयुक्त गाउँपालिका घोषणा गर्ने लक्ष लिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार