• होमपेज
  • समाज
  • उच्च अदालत इलाममा कार्यरत विमलाको हत्या, न्यायाधीशका सुरक्षागार्ड पक्राउ

उच्च अदालत इलाममा कार्यरत विमलाको हत्या, न्यायाधीशका सुरक्षागार्ड पक्राउ

  • मङ्लबार, असार २९, २०७८
उच्च अदालत इलाममा कार्यरत विमलाको हत्या, न्यायाधीशका सुरक्षागार्ड पक्राउ

उच्च अदालत इलाम इजलासमा कार्यरत विमलादेवी पराजुलीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रहरीले सो इजलासका १ नम्बर न्यायाधीशका बडीगार्डलाई पक्राउ गरेको छ । न्यायाधीशको पिएसओ असई युवराज बानियाँलाई पक्राउ गरिएको प्रदेश–१ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) नविनराज राईले रातोपाटीलाई बताए ।

आइतबार दिउँसो ४ बजेतिर बानियाँले घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली केही समयदेखि कार्यालय सहयोगी पदमा कार्यरत थिइन् । सोमबार बिहान अदालत परिसरमा उनको शव फेला परेको थियो ।

घटनास्थलको अनुसन्धानमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो । कुकुरले असई युवराजलाई संकेत गरेपछि इलाम प्रहरीले उनलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको थियो । लेनदेन र अवैध सम्बन्धका कारण झगडा हुँदा आफुले हत्या गरेको बानियाँले स्वीकार गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार