• होमपेज
  • समाज
  • जिल्ला प्रशासन कार्यालय लेखापाल बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५५ सय सहयोग

जिल्ला प्रशासन कार्यालय लेखापाल बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५५ सय सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
जिल्ला प्रशासन कार्यालय लेखापाल बिष्टद्धारा अक्सिजन ब्यबस्थापनका लागि ५५ सय सहयोग

बाजुरा — जिल्ला प्रशासन कार्यालय बाजुराका लेखापाल लाल बहादुर बिष्टले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन ।
लेखापाल बिष्टले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै बिष्टले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको बिष्टले बताए । जिल्लामा अक्सिजनको अभावमा सहयोगी हातहरु लम्केको देख्दा खुसी लागेको र यस अभियानमा आफुले सहयोग गर्न पाएकोमा खुसी लागेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार