• होमपेज
  • समाज
  • अमेरिकाबाट जनक थापाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३० हजार सहयोग

अमेरिकाबाट जनक थापाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३० हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
अमेरिकाबाट जनक थापाले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३० हजार सहयोग

बाजुरा — बाजुरा त्रिबेणी नगरपालिका घर भई हाल अमेरीकामा रहेका जनक थापाले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३० हजार रुपैँया सहयोग गरेका छन ।
थापाले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै थापाले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार