मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला हुलाक कार्यालयका लेखापाल खत्रीले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

जिल्ला हुलाक कार्यालयका लेखापाल खत्रीले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
जिल्ला हुलाक कार्यालयका लेखापाल खत्रीले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — जिल्ला हुलाक कार्यालय बाजुराका लेखापाल देबी खत्रीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार रुपैँया सहयोग गरेका छन ।
नेपालले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि खत्रीले आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै लेखापाल खत्रीले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको खत्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार