मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • घर बाहिर निस्किदा वा हिडडुल गर्दा अनिबार्य माक्स प्रयाेग गर्नुपर्ने

घर बाहिर निस्किदा वा हिडडुल गर्दा अनिबार्य माक्स प्रयाेग गर्नुपर्ने

  • बिहिबार, बैशाख ९, २०७८
घर बाहिर निस्किदा वा हिडडुल गर्दा अनिबार्य माक्स प्रयाेग गर्नुपर्ने

बाजुरा– देशमा फेरी कोरना महामारीको संक्रमण फैलिएपछि सरकारले गरेको निर्णयलाई पालना गर्न जिल्ला प्रशासन कार्यलय बाजुराले सबैलाई अपिल गरेको छ । देशमा नयाँ भेरिएन्ट सहितको कोभिड–१९ महामारी दोस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि बाजुराका ९ वटै स्थानीय तह, राजनितिक दल, सरकारी कार्यालय,संघसस्थाहरुलाई तालिम गोष्ठी आम सभा नगर्न आग्रह गरिएको छ ।
बुधबार बसेको जिल्लास्तरिय कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्रले १२ निर्णय सहित कोरनाको संक्रमणको पुर्व तयारीमा जुट्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् ।

बुधबार बसेको बैठकले बैशाख मसान्तसम्म जिल्लाभित्र कुनै पनि प्रकारका जुलुस,सभा दर्शक सहितको खेलकुद प्रतियोगिता,मानिसहरुको भीडभाड हुने जस्ता कार्यक्रम नगर्न नगराउन र अत्यावश्यक सभा सम्मेलन गोष्ठी,सेमिनार,समिक्षा लगायतका कार्यक्रम भर्चुअलबाट गर्न, र भौतिक रुपमा उपस्थित भइ कार्यक्रम गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको अनुमती लिई स्वास्थ्य मापदण्ड अपनाई २५ जना बढी सहभागीता नगराउने निर्देशित गरिएको छ ।
यस्तै धार्मिक तथा पर्यटकिय क्षेत्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी बैशाख मसान्तसम्म धार्मिक कर्मन गर्न आग्रह गरिएको छ । बैठकले महोत्सव,जात्रा,विवाह,ब्रतबन्ध,धार्मिक तथा साँस्कृतिक क्रियाकलापमा २५ जना बढी सहभागी नहुन जिल्लाका स्थानीय नागरिकलाई संकट व्यवस्थापन समितिले अनुरोध गरेको छ ।
जिल्लामा संचालन हुने लामो तथा छोटो दुरीका यातायातका सवारी साधनमा अनिवार्य रुपमा माक्सको प्रयोग गर्न र माक्स विनाका यात्रुलाई यात्रा नगराउन प्रहरीलाई सुरक्षामा कडाइ गर्न निर्देशित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी समीर भण्डारीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया,बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल,संकट व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागी थिए ।

निर्णय

https://badimalikakhabar.com/wp-content/uploads/2021/04/Nirnaya.pdf

 

चर्चामा

सम्बन्धित समाचार