बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • राजनीति
  • सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै साथ दिनुपर्छ : नेतृ तिमिल्सिना

सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै साथ दिनुपर्छ : नेतृ तिमिल्सिना

  • आइतवार, बैशाख ६, २०८३
सेयर गर्नुहोस् :
सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्दै साथ दिनुपर्छ : नेतृ तिमिल्सिना

बाजुरा– अदालतले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि खुमबहादुर खड्काले चौधौं महाधिवेशनबाट निर्वाचित देउवा पक्षीय बैठक काठमाडौमा बसिरहेको छ । सो बैठकमा देउवा पक्षीय केन्द्रिय सदस्य उपस्थित भएर आआफ्ना धारणा राखेका छन् ।
चौधौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य ‘विद्या तिमिल्सिनाले आफ्नो धारणा राख्दै“अदालतमा बहस एउटा भयो, तर अन्तिम निर्णय फरक आयो। तैपनि हामी सर्वोच्च अदालतको निर्णयलाई कानुनी प्रक्रियाको रूपमा सम्मान गर्दै साथ  दिनुपर्ने बताएकी छन। यो कानुनी प्रक्रिया हो, पार्टी एकता र आगामी निर्वाचनलाई मध्यनजर गर्दै हाम्रो राजनीतिक संघर्ष निरन्तर जारी रहनेछ।”
अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि नेपाली काङ्ग्रेस भित्र पार्टीको आन्तरिक मामिला झन् बल्झिदै गइरहेको छ । स्पष्ट रूपमा काङ्ग्रेस तीन खेमामा छुट्टिएको देखिन्छ त्यसैको वरिपरि रहेर पार्टी नेताकार्यकर्ताले आआफ्ना तर्क वितर्क सामाजिक सञ्जालबाट पनि राखिरहेकाछन् ।

चर्चामा

सम्बन्धित समाचार