बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

  • बिहिबार, चैत्र २६, २०८२
सेयर गर्नुहोस् :
रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

काठमाडौँ –प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए ।

सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार