
न्याय सेवा आयोगले २६७ कर्मचारीहरूको सरुवा गरेको छ । बिहीबार बसेको आयोगको बैठकले कर्मचारीको एकै पटक सरुवा गरेको हो । बैठकले दुई जनालाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।
सचिवमा बढुवा भएका जितेन्द्रबाबु थपलियालाई न्याय परिषद्मा पदस्थापन गरिएको छ । उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन गरिएको छ ।


