बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

  • शनिबार, साउन ३२, २०८२
सेयर गर्नुहोस् :
सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी  भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।

महाशाखाकाअनुसार अहिले देशको पहाडी भूभागमा साधारणतया बदली रहेको छ । सबै प्रदेशका एकदुई स्थानमा हल्का तथा कोशी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार