• होमपेज
  • राजनीति
  • भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

  • मङ्लबार, माघ २९, २०८१
भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाडौं —जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।

बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।

यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपालका सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार