आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती

सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती

  • शुक्रबार, माघ ११, २०८१
सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैंमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिएका छन् ।

पार्टीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो चुनौती दिएका हुन् ।

‘मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भनेँ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘म चुनौतीका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैंलाई अनुसन्धान गरेर देखाउनू ।’

प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल पनि गरेका छन् ।

‘हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं । तपाईंहरूले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ,’ प्रचण्डले भने ।

तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको उनको दाबी थियो ।

‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भएँ । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु,’ प्रचण्डले भने ।

चर्चामा

सम्बन्धित समाचार