• होमपेज
  • राजनीति
  • ६३ जिल्लामा अधिवेशनबाट एमालेमा नयाँ नेतृत्व

६३ जिल्लामा अधिवेशनबाट एमालेमा नयाँ नेतृत्व

  • शनिबार, जेष्ठ २६, २०८१
६३ जिल्लामा अधिवेशनबाट एमालेमा नयाँ नेतृत्व

काठमाडौं — सत्तारूढ नेकपा एमालेको हालसम्म ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

एमालेले जेठभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिए पनि हालसम्म ६३ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले इलाममा हालै उपनिर्वाचन सम्पन्न भएकाले हाल अधिवेशन नभएको, तेह्रथुममा आन्तरिक विवाद भई संगठन विभागले अध्ययन गरिरहेको र मोरङमा आयोजक कमिटी भर्खरै गठन गरिएको बताए।

मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको जिल्ला अधिवेशनको मिति तोक्न बाँकी छ। गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा र सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्ला अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले जनाएको छ।

अधिवेशन सकिएका जिल्लामा धमाधम वडा तथा पालिका अधिवेशन भइरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार