• होमपेज
  • राजनीति
  • रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

  • शुक्रबार, बैशाख २८, २०८१
रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा बोल्न दिने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो । बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ ।

चर्चामा

सम्बन्धित समाचार