शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा नाउपाकी टीका थापा बनिन् कृषिमन्त्री

सुदूरपश्चिममा नाउपाकी टीका थापा बनिन् कृषिमन्त्री

  • मङ्लबार, बैशाख १८, २०८१
सुदूरपश्चिममा नाउपाकी टीका थापा बनिन् कृषिमन्त्री

धनगढी—  सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् ।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।

मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो ।

नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार