बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • राजनीति
  • माओबादी केन्द्र बाजुराले प्रशिक्षण कार्यक्रम गर्दै उपमहासचिव पाेखरेलले सम्बाेधन गर्ने

माओबादी केन्द्र बाजुराले प्रशिक्षण कार्यक्रम गर्दै उपमहासचिव पाेखरेलले सम्बाेधन गर्ने

  • शनिबार, बैशाख १५, २०८१
माओबादी केन्द्र बाजुराले प्रशिक्षण कार्यक्रम गर्दै उपमहासचिव पाेखरेलले सम्बाेधन गर्ने

राजेन्द्र विक/ बाजुरा– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव तथा पुर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल बाजुरा आउनुहुने भएको छ।माओवादी केन्द्र बाजुराले बैशाख १७ गते आयोजना गर्न लागेको जिल्ला स्तरीय बृहत अगुवा नेता तथा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश इन्चार्ज समेत रहनु भएका पोख्रेल संगै स्थायी समिती सदस्य तथा पुर्व खानेपानी मन्त्री बिना मगर,सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष हरिराम चौधरी उत्सव,नेताहरु खगराज भट्ट,सरदसिंह भण्डारी लगायत प्रदेश समितिका दर्जन बढी नेताहरू बाजुरा आउन लाग्नुभएको हो।

उपमहासचिव पोख्रेल माओवादी केन्द्र सुदुरपश्चिम प्रदेशको इन्चार्ज तोकिए संगै जिल्ला दौडाहामा निस्किनु भएको छ।सुदुरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा पुगि नेता कार्यकर्ताहरुमाझ पार्टिको केन्द्रिय नीति तथा समसामयिक राजनैतिक घटनाक्रमहरु बारे प्रशिक्षण दिने, गुनासा सुन्ने र माओवादी केन्द्र सुदुरपश्चिमको विरासत फर्काउने गरि नेता कार्यकर्ता हरुमा उत्साह सिर्जना गराउने उदेश्य सहित नेताहरु जिल्ला जिल्लामा पुग्ने पुवनिर्धारित कार्यतालिका बमोजिम उपमहासचिव पोख्रेल लगायत केन्द्रिय स्तरका नेताहरु बाजुरा आउन लागेका माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समितिका सचिवालय सदस्य महेश शाहिले बताएका छन्।

बाजुरामा रहंदा उपमहासचिव पोख्रेलले जिल्लाको समग्र पार्टी सुधारका योजना बारे नेता कार्यकर्ताहरु संग छलफल गर्नुका साथै केही पालिकाहरुले आयोजना गर्ने शैक्षिक अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भइ सम्बोधन गर्नुहुने माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सदस्य मान बहादुर विक मनोजले जानकारी दिएका छन्।

चर्चामा

सम्बन्धित समाचार