सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राजनीति
  • कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

  • बुधबार, बैशाख १२, २०८१
कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं — नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना निकालेका हुन् ।

सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएको परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो ।

कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तर विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेकाले अन्तिम किनारा नलाग्दासम्म निलम्बन रहनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ पुस २०७९ मा संघीय संसद् सचिवालयलाई पत्र पठायो । त्यसको चार दिनपछि संसद् सचिवालयले गुरुङ निलम्बनमा परेको सूचना निकालेको थियो ।

चर्चामा

सम्बन्धित समाचार