सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश

  • आइतवार, बैशाख २, २०८१
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका कैलाश चौधरीको पनि दाबी पेश

धनगढी —सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् ।

उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाले अर्को पक्षले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेकाले कानुनी परामर्शपछि निर्णय गर्ने जवाफ दिएका छन् ।

नाउपाकै लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार