सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • नाउपा रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्रीको उम्मेदवार, एकीकृत समाजवादीले समेत समर्थन गरेको दाबी

नाउपा रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्रीको उम्मेदवार, एकीकृत समाजवादीले समेत समर्थन गरेको दाबी

  • आइतवार, बैशाख २, २०८१
नाउपा रेशम पक्षका लक्ष्मणकिशोर मुख्यमन्त्रीको उम्मेदवार, एकीकृत समाजवादीले समेत समर्थन गरेको दाबी

धनगढी— सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)को रेशम चौधरी पक्षलाई समर्थन गरेर जाने समझदारी बनेको छ ।

स्रोतकाअनुसार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीबीच उक्त विषयमा प्रारम्भिक समझदारी बनेको बताइएको छ ।

नाउपाका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताए । ‘कांग्रेस र एकीकृत समाजवादीसँग लिखित सहमति भइसकेको छ, साढे १ बजे प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबी गर्न जाँदैछौं ।’

नाउपाको रेशम पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।
प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिंदैछ ।

नाउपा अध्यक्ष श्रेष्ठ भने केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको बताउँदै आएकी छन् । नेताहरूकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यो समझदारी भएको थियो ।

नाउपाको रेशम पक्षलाई नेकपा एकीकृत समाजवादीले साथ दिएमा उसको पक्षमा २६ जना पुग्छन् । कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षका ४ जना सांसद छन् । अनलाइनखबरबाट

चर्चामा

सम्बन्धित समाचार