मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने बालुवाटारमा औपचारिक सहमति

सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने बालुवाटारमा औपचारिक सहमति

  • आइतवार, बैशाख २, २०८१
सुदूरपश्चिमको मुख्यमन्त्री नाउपाले पाउने बालुवाटारमा औपचारिक सहमति

कैलाली — सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भएको छ ।

आज बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

बैठकमा माओवादी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए ।

सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन हो ।

नाउपामा कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिने अध्यक्ष श्रेष्ठले जानकारी दिइन् । आजै उनी धनगढी आउने र साँझसम्म मुख्यमन्त्रीमा दाबी पेश गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार