मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल

अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल

  • आइतवार, चैत्र २५, २०८०
अब १ घण्टाभित्र श्रम स्वीकृति : मन्त्री अर्याल

काठमाडौं — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् ।

श्रममन्त्री अर्यालले आइतबार पत्रकार सम्मेलन गर्दै कार्यालयको समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गरिने बताएका हुन् ।

उनले पहिलो पटक यो प्रयास सुरूवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । ‘वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्था थियो,’ उनले भने, ‘आजदेखि यो कुराको अन्त्य भएको छ ।’

आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने अर्यालले दाबीसमेत गरे ।

चर्चामा

सम्बन्धित समाचार