शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री शाहलाई स्वतन्त्र सांसद जोशीले विश्वासको मत नदिने

मुख्यमन्त्री शाहलाई स्वतन्त्र सांसद जोशीले विश्वासको मत नदिने

  • बिहिबार, चैत्र २२, २०८०
मुख्यमन्त्री शाहलाई स्वतन्त्र सांसद जोशीले विश्वासको मत नदिने

धनगढी— स्वतन्त्र सांसद डा. तारा प्रसाद जोशीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत नदिने भएका छन्। जोशीले प्रदेशका मुख्यमन्त्री शाहले बहुमत नपाउने देखेपछि विश्वासको मत नदिने निर्कषमा पुगेका हुन्। उनले भने, ‘म काठमाडौँमा छु। धनगढी आउदैन। विश्वासको मत दिदैन।’

मुख्यमन्त्री शाहलाई नागरिक उन्मुक्ति पार्टीका सात जना र राप्रपाका एक जना प्रदेश सभा सदस्यले मतदान परेपछि जोशीको मत निर्णायक रहेको थियो। तर, नागरिक उन्मुक्तिमा विवाद देखिएपछि जोशी पनि मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने पक्षमा पुगेका हुन्।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्यमा एक जनाको मृत्यु भएको छ। ५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ। प्रदेशमा काँग्रेसका १८, माओवादीका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, एक राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले काँग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको मत पाउने आशा गरेका थिए। तर, नागरिक उन्मुक्तिको विवादमा कारण राप्रपा र स्वतन्त्र प्रदेश सभा सदस्यले समेत उनलाई भोट नदिने भएका छन्।

बहुमत जुटाउन मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका पाँच जनालाई मन्त्री बनाएका छन्। तर, मन्त्री नरहेका नागरिक उन्मुक्तिका दुई सांसदले विश्वासको मत नदिने भएपछि स्वतन्त्र सांसद जोशी र राप्रपाका संसद खेमा देवी विष्टले पनि मत नदिने भएका छन्।

यद्यपि नाउपा प्रदेश संसदीय दलले विश्वासको मत दिने निर्णय गरेको छ। यो निर्णय बमोजिम सरकारमा सहभागी ५ मन्त्रीले विश्वासको मत दिँदा मुख्यमन्त्री शाहको पक्षमा २४ मत पुग्ने देखिन्छ। यो मत प्रदेशसभाको अल्पमत हो। सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बिहिवार साँझ ५ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ।

चर्चामा

सम्बन्धित समाचार