शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जिसस बाजुराले सबै पालिकामा राष्ट्रिय प्रशारण लाईन विस्तारका लागि समन्वय गर्ने

जिसस बाजुराले सबै पालिकामा राष्ट्रिय प्रशारण लाईन विस्तारका लागि समन्वय गर्ने

  • बिहिबार, चैत्र १५, २०८०
जिसस बाजुराले सबै पालिकामा राष्ट्रिय प्रशारण लाईन विस्तारका लागि समन्वय गर्ने

बाजुरा– बुधवार सम्पन्न भएको छैटौं बाजुरा जिल्ला सभाबाट विभिन्न विषयमा १५ वटा निणर्य पारित भएको छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै सभाले बाजुराका सबै पालिकामा केन्द्रीय विद्युत लाईन विस्तारका लागि नेपाल विद्युत प्राधिकरणलाई अनुरोध सहित जिल्ला सभाबाट १५ वटा निणर्य पारित गरिएका हुन् ।
सभाले स्थानिय तहको समन्वयमा जिल्लाका अधुरा आयोजनाहरुको विवरण संकलन गरी सोको प्रतिवेदन सम्वन्धित निकायमा पेश गरेर कार्य पुनः सुचारुका लागि पहल गर्ने निणर्य गरेको छ । त्यस्तै स्थानीय तहहरु बीचको सीमा विवाद समाधानका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सम्बन्धित स्थानीय तहका प्रमुख र सरोकारवाला निकायको रोहबरमा सीमा विवाद समिति गठन गरी विवाद समात्रान गर्ने निणर्य गरिएको पत्रकार सम्मेलनमा समन्वय प्रमुख तुलसीराम रोकायाले सार्वजनिक गरेका छन् ।
मार्तडी-कोल्टी सडकखण्डको स्तरोन्नती गरी नियमित बस सेवा संचालनका लागि पहल गर्ने,प्रदेश निर्वाचन क्षेत्र (क) कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल गर्ने, जिल्ला समन्वय समितिको भवन जीणर् भएकाले नयाँ प्रशासकिय भवन निर्माणका लागि सरकार समक्ष बजेटको माग गर्ने, जिल्लामा उत्पादन रैथाने बालीहरुको प्रवद्र्धनका गरी निर्यातका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लगायतका निकायसंग समन्वय गर्ने निणर्य भएको पत्रकार सम्मेलनमा रोकायाले सार्वजनिक गरेका हुन् ।
त्यस्तै समन्वय समितिको आर्थिक बर्ष ०८०।८१ को हालसम्मको खर्च अनुमोदन र बजेट पारित, जिल्लाका ठुला गौरव आयोजनाको पहिचान गरि निर्माणका लागि सरकारमा पेश, सेती लोकमार्ग निर्माण कार्यका लागि बाजुरा, बझाङ्ग र अछाम जिल्लासंग समन्वय गरी संघ र प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन पहल गर्ने निणर्य सहित विविध निणर्य गरिएको जनाएको छ ।
जिल्ला समन्वय समिति प्रमुख रोकायाको अध्यक्षतमा संचालन भएको पत्रकार सम्मेलनमा समन्वय उपप्रमुख लाछु सार्की, निमित्त समन्वय अधिकारी दीपेन्द्र पाण्डे लगायत पत्रकारहरु सहभागी भएका थिए । पत्रकार सम्मेलनको संचालन सूचना अधिकारी तथा प्रशासन शाखा प्रमुख रामचन्द्र पाण्डेले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार