शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिममा मुख्यमन्त्री समाजवादीले पाउनुपर्छ : मन्त्री जोशी

सुदूरपश्चिममा मुख्यमन्त्री समाजवादीले पाउनुपर्छ : मन्त्री जोशी

  • बुधबार, चैत्र १४, २०८०
सुदूरपश्चिममा मुख्यमन्त्री समाजवादीले पाउनुपर्छ : मन्त्री जोशी

बाजुरा– सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजबादी पार्टीले पाउनुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बताएका छन । बाजुरा पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले पत्रकार सम्मेलन मार्फत यस्तो बताएका हुन ।
बिभिन्न कार्यक्रममा सहभागी हुन बाजुरा पुगेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले हालको गठबन्धन मार्फत सुदुरपश्चिमको मुख्यमन्त्रीका लागि छलफल भईरहेको र दावी रहने बताएका छन ।
त्यसै गरी पत्रकार सम्मेलन मार्फत संघिय मन्त्री भएका कारण सुदुरपश्चिम त्यसमा पनि बझाङ बाजुराको बिकाशका लागि आफु हरपल लागिरहेने बताएका छन । उनले कम्न्युष्टि एकीरणको पक्षमा रहेकोले समाजबाद उन्मुख कार्यहरुमा तल्लिन भएर लाग्ने बताएका छन । बिकाशका सवालमा एक कदम पछि नहट्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार