सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • शिक्षा
  • बाजुराका नितेशसहित सुदूरपश्चिममा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना छनौट

बाजुराका नितेशसहित सुदूरपश्चिममा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना छनौट

  • मङ्लबार, माघ २३, २०८०
बाजुराका नितेशसहित सुदूरपश्चिममा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना छनौट

धनगढी— सुदूरपश्चिम प्रदेशमा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि ९ जना विद्यार्थी छनौट भएका छन्। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि पौष ५ गते प्रकाशित सूचना अनुसार आवेदन पेश गर्ने आवेदकमध्ये खुलातर्फ पाँच र समावेशीतर्फ चार जना गरी ९ जना छनौट भएका छन्। एमबीबीएस अध्ययन छात्रवृत्तिमा खुलातर्फ पाँच जना छनौट भएका छन्।

बाजुराकाे स्वामिकार्तिक खापर–४ का नितेशकुमार धामी, बझाङको जयपृथ्वी–३ का अविशेक जोशी, शुर्मा गाउँपालिका–२ कि नविना बोहरा, सायल–२ डोटीका दिप उपाध्याय र भागेश्वर–५ डडेल्धुराका भीमबहादुर बोहरा एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि मन्त्रालयबाट छनौट भएका हुन्। त्यस्तै महिलातर्फ शुक्लाफाँटा नगरपालिका–३ कञ्चनपुरकि रेखा जोशी एमबीबीएस अध्ययन छात्रवृत्तिका लागि छनौट भएकी छन्।

दलिततर्फ गौरीगंगा नगरपालिका–६ कैलालीका रावल नेपाली छनौट भएका छन्। एमबीबीएस छात्रवृत्तिमा आर्थिक रुपले विपन्न खसआर्यतर्फ स्वामिकार्तिक खापर–५ बाजुराका अविशेक महतरा छनौटमा परेका छन्। थारु राना थारुतर्फबाट गौरीगंगा नगरपालिका–६ कैलालीकी वर्षा चौधरी एमबीबीएस छात्रवृत्ति अध्ययनका लागि छनौटमा परेकी छन्।

सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखाका शाखा अधिकृत गोपालदत्त जोशीले मन्त्रालयको एकीकृत छात्रवृत्ति व्यवस्थापन निर्देशिका ०७४, चौथो संशोधनले तत्काल रकम दिने व्यवस्था नगरेको बताए। यसपाली नाम निस्केर पढाइ सुरु गरेकालाई आगामी वर्षदेखि रकम उपलब्ध गराउने व्यवस्था रहेको उनले बताए।

गत वर्षसम्म मन्त्रालयले सम्बन्धित कलेजसँग सम्झौता गरेर रकम उपलब्ध गराउने गरेको थियो। यस वर्षदेखि सम्बन्धित विद्यार्थीलाई नै रकम उपलब्ध गराउने विषयमा छलफल चलेको बुझिएको छ। प्रदेश सरकारले हरेक वर्ष नौ जनालाई एमबीबीएस छात्रवृत्ति दिने गरेको छ। दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार