शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने

असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने

  • शुक्रबार, माघ ५, २०८०
असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने

असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ । सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन् ।

‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कमपालामा भोलिसम्म चल्नेछ ।

प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार