शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्रको विधान महाधिवेशनमा १ हजार रुपैयाँ शुल्क

माओवादी केन्द्रको विधान महाधिवेशनमा १ हजार रुपैयाँ शुल्क

  • मङ्लबार, माघ २, २०८०
माओवादी केन्द्रको विधान महाधिवेशनमा १ हजार रुपैयाँ शुल्क

काठमाडौं —माओवादी केन्द्रले आगामी फागुन पहिलो साता हुने पार्टीको विधान महाधिवेशन हलमा प्रवेशका लागि १ हजार रुपैयाँ शुल्क तोक्ने निर्णय गरेको छ ।

गत पुस २८ गते बसेको पार्टीको स्थायी समिति बैठकले महाधिवेशनमा प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रुपमा बुझाउनु पर्ने निर्णय गरेको छ ।

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरू र केन्द्रीय आयोगका सदस्यहरू पदाधिकारी हुन पाउनेछन् ।

यस्तै प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज.व.स./मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरु हुने माओवादीले जनाएको छ ।

विधान अधिवेशन फागुन १ देखि ३ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादी काठमाडौंमा गर्ने निर्णय माओवादीले गरेको छ ।

माओवादी केन्द्रले विधान अधिवेशनका लागि तयार पारेको विधान मस्यौदा वडा, पालिका, जिल्ला र प्रदेश स्तरमा छलफलका लागि पठाइसकेको छ ।

मस्यौदा विधानमाथि माघ २१ गतेसम्म छलफल गरी लिखित सुझाव केन्द्रीय कार्यालयमा माघ २४ गतेभित्र अनिवार्य रुपमा पठाउनु माओवादीले निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार