सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • आगोले जलेर घाइते जेसिकाको बडिमालिका फाउण्डेसन नेपालको समन्वयमा उद्धार

आगोले जलेर घाइते जेसिकाको बडिमालिका फाउण्डेसन नेपालको समन्वयमा उद्धार

  • सोमवार, माघ १, २०८०
आगोले जलेर घाइते जेसिकाको बडिमालिका फाउण्डेसन नेपालको समन्वयमा उद्धार

बाजुरा— आगोले जलेर घाइते भएकी बाजुराको बडिमालिका नगरपालिका ५ मनाकी जसिका साउदको उद्धार गरिएको छ । बडिमालिका फाउण्डेशन नेपालको समन्वयमा बडिमालिका नगरपालिका, जिल्ला अस्पताल बाजुराको व्यवस्थापन तथा काठमाडौँमा रहेको मेडिकल पुनस्थापना केन्द्रले उपचार देखि खान बस्न लगायत सम्पूर्ण सहयोग गर्ने गरि जेसिकाको उपचार सुरु गरिएको छ ।

आर्थिक अवस्था न्युन भएकाले उपचार गर्न समस्या भएपछि जेसिकाकी आमा पवित्रा साउँद उपचारमा सहयोग माग्दै बडिमालिका फाउण्डेशन नेपालमा पुगेकी थिइन् । त्यस लगत्तै जेसिकाको उपचारका लागि मेडिकल पुर्नस्थापना केन्द्रसँग समन्वय गरेर काठमाडौँसम्म जानका बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराले एम्वुलेन्स सहित भाडा व्यवस्थापन गरेर जेसिकाको उद्धार गरिएको बडिमालिका फाउण्डेशन नेपालका अध्यक्ष प्रकाश बहादुर सिंहले बताएका छन ।

जेसिकाको शरिरको ३० प्रतिशत बढी भाग आगोले जलेपछि जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसेपछि सुबिधासम्पन्न ठाँउमा गएर उपचार गर्न भन्दै रेफर गरेको थियो । तर आर्थिक अवस्था न्युन भएकाले जसिका अस्पतालको शैया छट्पटाई रहेकी थिइन् । पवित्राका श्रीमान राजगारको लागि मलेसिया गएका छन् ।

गत असोज देखि श्रीमान सम्पर्कमा नरहेको पबित्रा साउदले बताईन । रिण काढेर श्रीमान मलेसिया गएका थिए । सम्पर्कमा छैन रिण काढेका सहुहरु घरमा आएर पैशा दिन भन्छ आफुलाई साझ विहान खान छाक टार्न समस्या  भएको उनले बताईन ।

चर्चामा

सम्बन्धित समाचार