मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बंगलादेशका क्रिकेट कप्तान शाकिब सांसद निर्वाचित

बंगलादेशका क्रिकेट कप्तान शाकिब सांसद निर्वाचित

  • मङ्लबार, पुस २४, २०८०
बंगलादेशका क्रिकेट कप्तान शाकिब सांसद निर्वाचित

काठमाडौं – बंगलादेशका क्रिकेट कप्तान शाकिब अल हसन सांसद निर्वाचित भएका छन् । उनकै गृहनगर मगुरा–१ बाट उनी बंगलादेशको अवामी लिग दलबाट संसद सदस्यमा निर्वाचित भएका हुन् ।

उनले एक लाख ८५ हजार ३ सय ८८ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी बंगलादेश कंग्रेसका रेजल हसनले ४५ हजार मत मात्र पाएका छन् । यसअघि बंगलादेशका पूर्व क्रिकेट कप्तान मशरेफे मुर्तजासमेत संसद निर्वाचित भएका थिए ।

प्रतिपक्षीको वहिष्कार र विवादका हुँदाहुँदै भएको निर्वाचनमा वर्तमान प्रधानमन्त्री शेख हसिना चौथो पटक लगातार विजयी भएकी हुन् । हसिनाको पार्टीले २२३ सिटमा विजयी प्राप्त गरेको छ ।

बंगलादेशमा आइतबार २९९ मा निर्वाचन क्षेत्रमा चुनाव भएको हो । बंगलादेशी संसद्‍मा ३५० सांसद हुन्छन् । ५० सिट महिलाका लागि छुट्याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार