आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

  • बुधबार, पुस १८, २०८०
कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– अहिले विश्वमा कोभिड-१९ को सब भेरियन्ट जेएन.१ नामक नयाँ भेरियन्टको जोखिम बढेको छ । नेपालमा अहिलेसम्म नयाँ भेरियन्टका नयाँ संक्रमित फेला नपरे पनि छिमेकी देशमा देखा परेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन.१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।

‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले कोभिड-१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरू, सम्पूर्ण सरोकारवालाहरुमार्फत स्क्रीनिङ र निगरानी भइरहेको बताउँदै कोभिड-१९ व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरेको छ ।

भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातका सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

कोभिड-१९ को सब भेरियन्ट जेएन.१ पछिल्लो समय भारतमा तीब्र रुपमा फैलिइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार