शनिबार, जेष्ठ १९, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • शुक्रबार, पुस १३, २०८०
माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

बाजुरा– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको ४ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा भएको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रमको प्रमुख अतिथी स्थायी समिती सदस्य तथा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट बिनोद रहनु भएको थियो भने।बिशिस्ट अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि ज्ञवाली,केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज देबकी मल्ल ,केन्द्रिय सदस्य लक्ष्मण खड्का सहित प्रदेश कमिटिका सदस्यहरू अतिथीका रुपमा उपस्थिति रहेका थिए ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा ४ महिने रुपान्तरण अभियानलाइ प्रभावकारी बनाउन गठित जिल्लाका ५ वटा कमान्डका प्रमुख हरु द्वारा भए गरेका कार्य प्रगति र अवस्था बारे रिपोर्ट प्रस्तुत गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार