बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराका नेता कार्यकर्ताद्वारा अध्यक्ष ओलीसहितकाे टिमलाई  स्वागत

नेकपा एमाले बाजुराका नेता कार्यकर्ताद्वारा अध्यक्ष ओलीसहितकाे टिमलाई  स्वागत

  • शनिबार, मंसिर १६, २०८०
नेकपा एमाले बाजुराका नेता कार्यकर्ताद्वारा अध्यक्ष ओलीसहितकाे टिमलाई  स्वागत

बाजुरा—  नेकपा एमाले बाजुराका नेता तथा कार्यकर्ताले अध्यक्ष केपी शर्मा ओलीसहित एमालेको समृद्धि संकल्प यात्राको टिमलाई अछाम र बाजुराकाे सिमानामा स्वागत गरेकाे छ । साे टाेलीलाई एमाले केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापा लगायत बाजुराबाट गएका नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।

एमालेको समृद्धि संकल्प यात्राको टिमले हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियाे । आज बिहान सिलगढीबाट अछामकाे बैजिनाथमा  पुजा गरेर साँफेबगरबाट अछामका अन्य ठाउँमा जान लागेकाे नेताहरुले बताएका छन ।

एक एमाले नेताका अनुसार आज अछामका स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने जनाएकाे छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा बस्ने गरि यात्रा टाेली अगाडि बढिरहेकाे नेकपा एमालेले जनाएकाे छ ।

आज चौखुट्टे, साँफेबगर बैध्दनाथ र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्दै दिउँसो  मंगलसेनमा आयाेजित आमसभासम्म जाने एमालेले बताएकाे छ । उक्त टोलीले आज १ सय ५ किलोमिटर यात्रा गर्ने बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार